Logo

टी-२० सिरिजको फाइनल हेर्न त्रिवि मैदानमा ओली



काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भएको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् ।

सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् ।

नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै डच टोलीले उपाधि जितेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य डच टिम नेदरल्याड्सले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो ।



प्रतिक्रिया दिनुहोस्