काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस-माओवादी गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
आज (मंगलबार) बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।