काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले बिहीबारका लागि बैठक डाकेका हुन् ।
कांग्रेसको संसदीय दलको बैठक भोलि बिहान ९ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । उक्त बैठकले पछिल्लो ३ दिनमा परिवर्तन भएको सत्ता गठबन्धन र कांग्रेसको आगामी रणनीतिबारे निर्णय गर्नेृछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । तर, अहिले कांग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप बढाइरहेको छ ।