Logo

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त



काठमाडौं,२३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री बर्खास्त गरेका छन् ।

नेकपा माओबादी केन्द्रबाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्।

मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।

मन्त्री बर्खास्तमा परेपछि माओवादी केन्द्रले पनि आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । यसअघि सुदूरपश्चिम र गण्डकीबाट पनि माओवादीका मन्त्री बर्खास्त भईसकेका छन् । यी तीन वटै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । केन्द्रको सत्ता समीकरण बदलिएपछि प्रदेश सरकारहरु धमाधम परिवर्तन गर्ने कसरत भईरहेको छ ।

चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए।



प्रतिक्रिया दिनुहोस्