Logo

भ्रष्टाचार मुद्दामा शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित ७ जनाले पाए सफाइ



काठमाडौं, २३ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर सन्तोष पाण्डे, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब–इन्जिनियर दिपक सिंह बिष्ट, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू ७ जानले भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखरको पनेबाज बन्तोली बगौरा सडक निर्माणका क्रममा फिल्डको वास्तविक तथ्य बङ्ग्याइ कटिङ गर्दा अस्वभाविक रुपमा बढी मुल्यांकन नापी किताबमा चढाइ लाभ लिएको भन्दै विष्टसहित ७ जना विरुद्ध गत असार ११ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दाका आरोपीहरु सबैले सफाइ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot