Logo

एमालेले पुरानै सेट सरकारमा पठाउने, विष्णुको ठाउँमा रघुवीर जाँदा विमलाको स्थानमा बलराम



काठमाडौं,२३ फागुन । नेकपा एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ ।

८ मध्ये एमालेले गत वर्ष पठाएको ६ जनालाई यसपटक निरन्तरता दिँदा २ जना नयाँ अनुहारले मौका पाउने भएका छन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

एमालेले अर्थ मन्त्रालय पाएको भए उपाध्यक्ष विष्णु पौडेल सरकारमा जाने चर्चा थियो । तर, सो मन्त्रालय नपापछि पार्टी सचिव महासेठले सरकारको नेतृत्व गर्न लागेका हुन् । उनी यसअघि उपप्रधानसहित परराष्ट्र मन्त्री भईसकेका छन् । अधिकारी पहिलो पटक मन्त्री बन्न लागेका हुन् । गत वर्षनै मन्त्रीको सूचीमा परेपनि डा विमला राई पौड्याल मन्त्री बनेपछि उनको नाम काटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्