Logo

केपी ओली दाहिना बन्दा चौथो पटक मन्त्रीको शपथ खाँदै ज्वाला



काठमाडौं,२३ फागुन । बारा-३ बाट संघीय संसद्मा निर्वाचित ज्वालाकुमारी साहले चौथो पटक मन्त्रीको शपथ लिने भएकी छन् ।

सोमबार बनेको एमाले, माओवादी, रास्वपा र जसपासहितको सत्ता गठबन्धनमा भागबन्डा मिलेसँगै उनले आजै मन्त्रीको शपथ लिनेछिन् । ज्वाला यसपटक पनि गत वर्षजस्तै कृषि तथा पशुपँक्षी विकास मन्त्री बन्ने भएकी छन् ।

ज्वालाले मन्त्रीको शथ लिन लागेको यो चौथो पटक हो । यसअघि उनी गत वर्षको पुस १० मा बनेको एमाले माओवादी सरकारमा ३२ दिन कृषि मन्त्री बनेकी थिईन् ।

उनले ०७८ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा पनि आधा महिना कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् ।भने पहिलो पटक उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा साढे चार महिना भूमि सूधार र डेढ महिना पर्यटन राज्यमन्त्री बनेकी थिईन् ।

माओवादी र एमालेबीच बनेको नेकपा विघटन भएपछि एमालेमै बसेकी उनले २ वर्ष अगावै सांसद पद गुमाएकी थिईन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको अत्यन्तै निकट मानिएकी उनी सानै उमेरमा पटक पटक मन्त्री बनने अवसर पाउने महिला नेतृमा पर्छिन ।

साह गत वर्षको आम निर्वाचनमा बारा-३ बाट २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिईन् । उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरेर दोस्रो भएका थिए ।

माओवादी पृष्ठभूमिकी साहले २०७७ मा एमाले रोजेकी हुन्। उनी २०७४ को निर्वाचनमा बाराबाट मधेस प्रदेशको सांसद बनेकी थिइन्। २०७० मा भने उनी पराजित भएकी थिइन्। माओवादीमा लागे पनि उनको पारिवारिक पृष्ठभूमि भने एमाले हो ।



प्रतिक्रिया दिनुहोस्