Logo

देउवाले गरे मधेश केन्द्रीत दलसँग छलफल



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रीत दलहरुसँग छलफल गरेका छन् । आज (बुधबार) मधेश केन्द्रीत दलहरुलाई देउवाले छलफलका लागि बोलाएका थिए ।

छलफलमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सहकार्य तोडेपछि देउवाले फेरि सकृयता देखाएका छन् । सभापति देउवाले आज विहान नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटेर छलफल गरेका थिए । सभापति देउवाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने अध्यक्ष नेपाललाई भनेका थिए ।

त्यसैगरी, देउवाले आज ५/६ वटा दललाई बुढानीलकण्डमा बोलाए पनि मधेश केन्द्रीत ३ वटा दलमात्रै सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot