Logo

सर्वोच्चले नचिनेको ‘जनयुद्ध’ शब्द संविधानमा समावेश गर्न माओवादी सांसदको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मीना तामाङले संविधानमा जनयुद्ध शब्द थप गर्न माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले सो माग गरेकी हुन् । संविधानमा जनयुद्ध शब्द उल्लेख भएको छैन् । र जनयुद्ध शब्दलाई सर्वोच्च अदालतले पनि नचिन्ने फैसला यसअघिनै गरिसकेको छ ।

“नयाँ मन्त्रीमण्डलबाट यस गरिमामय सदनबाट अनुमोदन हुने गरी अन्तरिम संविधान २०६३ को प्रस्तावनाको मर्म सम्बोधन हुने गरी संविधान ०७२ को प्रस्तावनामा सशस्त्र संघर्षभन्दा अगाडि जनयुद्ध भन्ने शब्द थप गरियोस्,” उनले भनिन् । जनयुद्धको उच्च सम्मान गर्न माग गरिन् । उनले प्रक्रिया पुगेकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot