काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नयाँ सरकारले सहकारी पीडितलाई न्याय र ठगहरुलाई कारबाही गर्न सक्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार गठन गरेपछि अहिले कांग्रेस प्रतिपक्षमा रहेको छ । यसअघिको बैठकमा नेकपा (एमाले) का सांसदहरुले प्रधानमन्त्रीले सभामुखबाट रुलिङ हुँदासमेत सरकारले जवाफ नदिएको भन्दै एमालेले प्रधानमन्त्री हराएको भन्दै आवाज उठाएको थियो ।
खतिवडाले त्यसतर्फ र नवनियुक्त गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै भने, ‘हराएको प्रधानमन्त्री भेट्ने अबसर प्रदान गर्नुभयो । हराएको प्रधानमन्त्री भेट्नु भएकोमा म सबैलाई बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले पनि भेटोस् । सहकारी पीडितहरुले पनि न्याय पाउन् । सहरकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजी र लघुवित्त पीडितहरुले न्याय पाउन् ।’