Logo

प्रधानमन्त्रीको स्पष्टोक्तिः लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाइ लामा सहभागी हुने चर्चा सत्य थिएन



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाइ लामा सहभागी हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

उनले आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन अहिलेका लागि स्थगित भएको बताए । उनले भने, ‘लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाइ लामा सहभागी हुने चर्चा सत्य थिएन ।’

लुम्बिनी सम्मेलनमा विवादित दलाइ लामा सहभागी हुन लागेको भन्दै एमालेले संसद्मा अघिल्लो बैठकमा प्रश्न उठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्