काठमाडौं । सत्ता गठबन्धनमा उलटफेर आएसँगै प्रमुख दलहरुको संसद्मा बसाई परिवर्तन भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा बसेको छ भने नेकपा एमाले सत्ता पक्षमा सरेको छ ।
संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।
एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।