काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ फर्काएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूसँग हुँदा इमान हुने र नहुँदा बेइमान हुने भन्ने कांग्रेसको निष्कर्ष कदापी स्वीकार्य नहुने बताए ।
कांग्रेसले बिहीबार नै संसदीय दल बैठक गरेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो। उक्त निर्णयसहितको समाचार आफूले पढेको प्रधानमन्त्री दाहालले बताए।
‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’
कांग्रेससँगको सहकार्यका क्रममा सरकारले परिणाम दिन नसकेको प्रचण्डले बताए । ‘औसत उपलब्धीको आत्मरितको पिँजडामा म रमाउने अवस्थामा थिइनँ, र अहिले पनि छैन’, उनले भने ‘एक वर्ष कार्यकाल पूरा गर्दा साथीहरुले व्यक्तिहरुको रुपमा त मलाइ माया गर्नुभयो परिवर्तन र सुशासनको पक्षमा जति न्याय गर्नुपथ्र्यो त्यति गर्नुभयो ।’