Logo

आतंकित हुनु पर्दैन, गिरिजाप्रसादले दिएको जिम्मेवारी प्रचण्डले पूरा गर्दै हुनुहुन्छ: सचिव पौडेल



काठमाडौं,२४ फागुन । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सत्ता गठबन्धनमा आएको उलटफेरप्रति आतंकित नहुन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिना काराण सत्ता गठबन्धन नभत्काएको पनि जिकिर गरे ।

पौडेलले संसद्मा पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालालाई पनि स्मरण गरेका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी प्रचण्डलाई दिएको बताए । पौडेलले भने, ‘गिरिजा प्रसाद कोइरालाले ठीकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसाबले तपाईंले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाईलाई जिम्मा लगाएको कुरा साँचो हो ।’

प्रधानमन्त्री प्रचण्डले आफू बाचुन्जेल उथलपुथल हुन्छ भनी दिएको सार्वजनिक अभिव्यक्तिको बचाउ गर्दै उनले भने, ‘कोही पनि आतंकित हुन जरुरी छैन् । गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot