Logo

प्रतिपक्षबाट सत्तापक्ष बनेपछि एमालेको पहिलो सचिवालय बैठक सुरू (तस्बिरहरु)



काठमाडौं,२५ फागुन । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो ।

झण्डै एक वर्ष प्रतिपक्ष बनेको एमाले भर्खरै सत्तापक्ष बनेको छ । सत्तापक्षपछि एमालेको पहिलो सचिवालय बैठक बसेको हो ।

यसअघि यही एमालेले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको थियो।

आजको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर दस्तावेज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

यही फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएपछि नेकपा एमाले प्रतिपक्षबाट एकाएक सत्तापक्ष बनेको हो।

तस्बिर एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्