Logo

प्रीतिको स्थानमा मिडफिल्डर अनिता केसीले भारतीय महिला आइलिग खेल्ने



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार मिडफिल्डर प्रीति राई घाइते भएर तीन महिना मैदान बाहिर रहने निश्चित भएपछि उनको स्थानमा नेपालकी अर्की मिडफिल्डर अनिता केसीले भारतीय महिला आइलिग खेल्ने भएकी छन् ।

भारतीय आईलिगमा किक स्टार्सले प्रीतिको स्थानमा अनितालाई लिग खेलाउने भएको हो । किक स्टार्सले प्रीति घाइते भएसँगै अनितालाई अनुबन्ध गरेको हो ।

यस सिजन ७ खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सका लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स उडिसामा आवद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्