काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् ।
महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।
‘चेक लिस्टसहित आएका छौँ। कम्प्रमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौँ,’ लामिछानेले लेखेका छन्।
गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको छ।
लामिछानेले नयाँ गठबन्धनमा उपप्रधनासहित गृहमन्त्रीको शपथ लिँदा संसदीय दलका उपनेता वीराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेकी छन् ।