Logo

सामूहिक स्याउखेती सुरु गर्न विप्लव जुम्ला पुगे



काठमाडौं, २५ फागुन । हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला पुगेका छन् । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुवात गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए । पार्टीको निर्णयअनुसार सामूहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए ।



प्रतिक्रिया दिनुहोस्