Logo

नोवेलमा मुटु ढाकेको बाक्लो झिल्ली ओपन हार्ट सर्जरीबाट झिकियो



काठमाडौं, २५ फागुन । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा-१० का एक बिरामीको सफल शल्यक्रिया भएको छ । कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेका हुन् ।

केही महिनादेखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुनेजस्ता समस्याका कारण ती विरामी नोवेल शिक्षण अस्पताल आएका थिए । उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको पत्ता लागेपछि उक्त शल्यक्रिया गरिएको थियो ।

ओपन हार्ट सर्जरी मार्फत उनको मुटु वरपर भएको बाक्लो झिल्ली हटाउने शल्यक्रिया भएको छ । उक्त शल्यक्रियालाई पेरिकार्डियोक्टोमी भनिन्छ । हाल बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज भइसकेका छन् ।

नोवेलमा अत्याधुनिक उपकरण, सुविधा सम्पन्न भौतिक पूर्वाधार एवं विशेषज्ञ चिकित्सकसहित कार्डियोलोजी र ओपन हार्ट सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । नोवेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरे यता पूर्वी नेपालका बिरामीहरूलाई स्वास्थ्य उपचार प्राप्त गर्न सहज भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot