Logo

विप्लव सामूहिक खेतिमा सक्रिय, पार्टीलाई चन्दामुक्त बनाउने



काठमाडौं, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाउने उद्घोष गरेका छन् । सामूहिक स्याउखेतिका लागि जुम्लामा रहेका विप्लवले हिजो (शुक्रबार) देखि स्याउखेतिको शुभारम्भ गरिसकेका छन् ।

महासचिव विप्लवले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको बताए । विगतका क्रान्तिहरुलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा अहिले आम नागरिकमा वितृष्णा रहेको उनको भनाइ छ । जनतामा रहेको वितृष्णा चिर्न आफूहरुले पार्टीको नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको बताए ।

विप्लव नेतृत्वको नेकपाले यसअघि तराईमा धान, तोरी, तरकारी र पहाडमा फलफूल खेतिको सुरुवात गरिसकेको छ । नेकपाले कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने बताइएको छ । जुम्लाको हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्