काठमाडौं, २६ फागुन । नेपालका लागि सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नयाँ शोरुम ‘स्टेट अफ द आर्ट’ काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ । नयाँ शोरुपको उद्घाटन सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सी र यी पाङ तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा गरेका हुन् ।
सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभूत गर्न यो कदम महत्वपूर्ण रहेको उद्घाटन समारोहमा बताइएको थियो ।
नयाँ शोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने कम्पनीले विश्वास लिएको छ । उक्त शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टीम रहेका छन् ।
सेरेसले यसअघि .काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौंबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा शोरुम खोल्ने तयारी रहेको छ ।
सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ स्थान बनेको छ ।