काठमाडौं, फागुन २७ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ ।
आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हंकङविरुद्ध नेपालले टस जिेतर सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।
हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ । नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । यसअघि हिजो भएको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो । आगामी जेठमा हुने टि-२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।