Logo

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत



काठमाडौं,२७ फागुन । आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न नेपाली कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको छ ।

आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ । त्यसका लागि आवश्यक निर्णय गर्न आज राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति यसअघनै भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्