काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्डलाई भेट्नभन्दै पटक–पटक फोन गरेका थिए ।
गगनको फोनपछि प्रचण्डले भेट्न अश्विकार गरेका थिए । अहिले कांग्रेसका नेताहरुलाई भेट्दा एमालेले अनेक शंका उपसँग गर्ने भन्दै प्रचण्डले अस्विकार गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले भेट्दा कुनै आपत्ति नरहेको बताएपछि कांग्रेस महामन्त्री थापा, राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलालगायतले भेटेका हुन् ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र सिटौलाबीच संवाद भएको थियो । संवादका क्रममा सिटौलाले कांग्रेसलाई मात्र नभएर ब्यक्तिगत रुपमा आफूलाई पनि धोका दिएको भन्दै प्रचण्डसँग असन्तुष्टि प्रकट गरे । ‘तपाईँले नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने भएपछि म उम्मेदवार बनेको थिए, मलाई व्यक्तिगत रुपमा पनि धोका दिनुभयो’ भन्दै सिटौलाले प्रचण्डसँग भनेका थिए ।
आफूलाई राष्ट्रिय सभाको अध्यक्ष नबनाएकोमा ‘तपाईँले पश्चताप गर्नुहुनेछ’ भन्दै उनले प्रचण्डलाई भने । भेटमा महामन्त्री थापा र पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए । लेखक र थापाले प्रचण्डसँग कुनै पनि संवाद नगरेको बताइएको छ ।