Logo

अध्यक्षका उम्मेदवार दाहाल भन्छन्: प्रचण्डको भाई भएर अवसर पाएको भनेर सुन्दा मेरो कान नै पाकिसके



काठमाडौं,२८ फागुन । भोलि हुने राष्ट्रिय सभाको अध्यक्षका लागि नारायाण दाहालले मनोनयन दर्ता गराएका छन् । संघीय संसद सचिवायलमा पुगेर उनलो मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्षमा मनोनयन दर्ता गराएपछि दाहालले राष्ट्रिय सभामा पार्टीको ह्याङओभर नहुने विश्वास दिलाएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसाग कुराकानी गर्दै दाहालले भने ‘राष्ट्रिय सभामा पार्टीको ह्याङओभर देखिँदैन । राष्ट्रिय सभाको मर्यादा र गरिमालाई ख्याल गरेर कामकारबाही र गतिविधि गर्नुपर्छ भन्ने मेरो बुझाई हो । पार्टीका छाया आउनु भएन । कामकारबाही, अभिव्यक्ति र व्यवहारमा फरक हुन्छ ।’

दाहालले आफूलाई माओवादी अध्यक्ष प्रचण्डको भाइ भएको नाताले मात्र हेर्ने दृष्टिकोण सही नभएको बताए । ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्नेहरुले हिजो म युद्धमा हिँड्दा दाई हिँडिरहेको छ त हिँड्न पाउँदैन किन कसैले भनेन । यो कुरा सुन्दा मेरो कान नै पाकिसके ।’

सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।



प्रतिक्रिया दिनुहोस्