Logo

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले उम्मेदवारी दर्ता गर्दा जे दखियो (तस्बिरहरु)



काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको अध्यषका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी ९लोसपा०का शेखरकुमार सिंह छन् ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिनेछन् । राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्। यता कांग्रेसका १६ र लोसपाका १ सांसदले शर्मालाई मत दिनेछन् ।

तस्बिरहरु/ मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot