Logo

मन्त्रिपरिषदका ५ समिति गठन, यी हुन् संयोजक



काठमाडौं,२८ फागुन । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई तोकिएको छ ।

बैठकले राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्, । सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ ।

अध्यक्षमा माओवादीका नारायण दाहाल र कांग्रेका युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय सभाको निर्वाचन भोलि हुँदैछ । 



प्रतिक्रिया दिनुहोस्