काठमाडौं, २९ फागुन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रहरीलाई सम्बोधन गर्दै आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्न आफू वा कसैको आदेश नकुर्न आग्रह गरेका छन् । उनले गैरकानुनी काम गर्ने, कर छली, गुण्डागर्दी, धाकधम्की तस्करीलगायतका काममा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन भनेका हुन् । आपराधिका कार्यमा संलग्नलाई ऐन, कानुनले दिएका कारबाहीको दायरामा ल्याएर कानुनी राज्यका प्रत्याभूति दिलाउन उनको आग्रह रहेको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला)