Logo

सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने, माधव नेपालले गरे सहमतिमा हस्ताक्षर



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा (एकीकृत समाजवादी) ले विश्वासको मत दिने भएको छ । आज (मंगलबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबीच भएको भेटवार्तामा सरकारलाई विश्वासको मत दिनेबारे सहमति भएको हो ।

सरकारमा सहभागी चार दलले यसअघि हस्ताक्षर गरेको ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएपछि पुनः अर्को सात बुँदे सहमति बनेको हो । साथै, अध्यक्ष नेपालले आज हुन लागेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालको मागप्रति प्रचण्ड र ओली सहमत भएका छन् । सााथै, प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि एकीकृत समाजवादीले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्