काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा अध्यक्ष नेपालले यसअघि सत्तारुढ ४ दलले हस्ताक्षर गरेको ८ बुँदे सहमति पत्रमा हस्ताक्षरसमेत गरेका छन् । प्रचण्ड–ओली अध्यक्ष नेपालको माग पुरा गर्न सहमत भएपछि उनले ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँग अध्यक्ष नेपालले आज हुन गइरहेको राष्ट्रिय सभा अधयक्षको निर्वाचनमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आफ्ना सांसदहरुलाई पक्षमा मतदान गर्ने निर्देशनसहितको ह्वीप जारी गर्न अध्यक्ष नेपाल ुसहमत भएका छन् ।