काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गर्न आज बेलुका ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट भोलि (बुधबार) विश्वासको मत लिँदैछन् । सरकारमा जसपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलीय गठबन्धन सहभागी छन् ।