Logo

आजपाले बोलायो सचिवालय बैठक



काठमाडौं, २९ फागुन । आम जनता पार्टी (आजपा) ले सचिवालय बैठक बोलाएको छ । आजपाले (भोली) फागुन ३० गते बिहान सचिवालय बैठक बोलाएको हो । बैठकमा सरकारलाई विश्वासको मत दिने वा नदिने र समसामयिक राजनीतिक घट्ना क्रमका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।

आजपाले सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन । भोलि विहान बस्ने सचिवालय बैठकले उक्त निर्णय गर्नेछ । यद्यपि गौर हत्या काण्डका आरोपीलाई मन्त्री बनाएको भन्दै आजपा वर्तमान सरकारसँग रुष्ट छ । File Photo/RN

.



प्रतिक्रिया दिनुहोस्