Logo

सुनको सिक्री नपाएको झोकमा विवाह मण्डपबाट फरार बेहुला पक्राउ



काठमाडौं, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएपछि विवाह मण्डपबाट फरार भएका बेहुला उमेश साह पक्राउ गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ स्थायी ठेगाना भएका साहको पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाट स्थायी ठेगाना भएकी सीता (परिवर्तित नाम) सँग हिजो (सोमबार) विवाह थियो ।

सो विवाहको क्रममा विवाह मण्डपमै उमेशले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । सो क्रममा विवाद भएको थियो । बेहुलाले विवाद गरी जन्ती फर्काउने क्रममा प्रहरीले उमेशसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् । उनी कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । दाइजोमा नगद १२ लाख, मोटरसाइकल (नगद ३ लाख २५ हजार), एक थान ल्यापटप, एक थान सुनको औठी, हनुमानको माला र सुनको सिक्री सहमति भएको थियो । सहमतिबमोजिम सुनको सिक्रीबाहेक अन्य सबै दाइजोमा दिइएको बताइएको छ ।

बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot