Logo

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा कुनै शंका छैनः माओवादी सचिव पौडेल



काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेमा कुनै शंका नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले बहुमत भएपछि नै सरकार बनेकाले विश्वासको मत पाउने दाबी गरे ।

माओवादीले नै सरकारको नेतृत्व गर्नुपर्ने मुख्य कारण भनेको शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनु नै रहेको उनले बताए । संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित नगरेको खण्डमा जनयुद्दका बाँकी रहेका समस्याहरु हल नहुने उनको भनाइ छ ।

माओवादीले नेतृत्व गरेको जनयुद्ध कुनै पार्टी विशेष जित या हारको रुपमा शान्ति प्रक्रिया नभएको उनको भनाइ छ । दलहरुले राजतन्त्रको विरुद्धमा विजय हासिल गरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्