Logo

सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न



काठमाडौं,३० फागुन । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन भईरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै संसद्मा प्रश् उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

पुरानो सत्ता गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ फागुनमा नयाँ समीकरण बनाएका थिए । नयाँ समीकरणमा सहभागी भएको रास्वपाका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

रवि गृहमन्त्री बनेपछि विरोध गर्दै कांग्रेसले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए।

सभामखुले समय दिएपछि बोल्दै उनले भनिन्, ‘उहाँले (प्रधानमन्त्री प्रचण्ड) ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot