Logo

मलाई प्रधानमन्त्री हुन इच्छा छैन्, प्रधानमन्त्री हुनलाई गठबन्धन भत्काएको होइन्: अध्यक्ष ओली



काठमाडौं,३० फागुन । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनैपनि इच्छा नभएको दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सञ्चार माध्ययममा आएको जस्तो प्रधानमन्त्रीका लागि १२।१३ महिनाको भागबन्डा नभएको जिकिर गरेका छन् । उनले आफूहरु प्रधानमन्त्री बन्नकै लागि यो सत्ता गठबन्धन नबनेको प्रष्ट पारेका छन् ।

‘आज प्रधानमन्त्रीको कार्यकाल १३-१३ महिना बाढिएको भन्ने कुरा सुन्छु । यसले यो सरकार किन परिवर्तन भएको हो । यसमा नेताहरुले सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ । यस्ता खबरहरुले ’ उनले भने ‘यस्ता अनुचित सम्प्रेषण, यी खबरहरु गलत हुन् । न १३ महिनाको सम्झौता भएको छ । नत कसैले यसबारेमा छलफल गरेको छ । यो भागबन्डाको कुरा हो । प्रधानमन्त्री हुनकै लागि यस्तो गरेका होइनौं । प्रधानमन्त्रीमा मेरो नाम पनि जोडिएको छ । क्यारे । मलाई प्रधानमन्त्तीको कुनै इच्छा छैन् । प्रधानमन्त्ती बन्नका लागि सत्ता समीकरण बदलिएको हाईन्’ ।



प्रतिक्रिया दिनुहोस्