Logo

कांग्रेसलाई ओलीको प्रश्नः पोहोर दुई महिना पनि नभई सरकार परिवर्तन गर्दा अस्थिरता भएन ?



काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको सुरुवात नेपाली कांग्रेसले गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पोहोर सरकार बनेको दुई महिना पनि नभई सरकार परिवर्तन गरेर कांग्रेसले अस्थिरताको सुरुवात गरेको उनको भनाइ छ । अहिले १४ महिनापछि सरकार परिवर्तन हुनुलाई अस्थिरताको संज्ञा दिन नहुने उनको भनाइ छ ।

‘अस्थिरताको खेती यहाँहरुले नै गर्नुभएको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दाखेरी तपाईँहरुलाई अस्थिरता लागेन, अहिले १४ महिनापछि सरकार परिवर्तन हुँदा के–को अस्थिरता भयो र ? पोहोर त अस्थिरता भएको थिएन त ? अस्थिरता नगरी तपाईँहरुले शान्तिपूर्ण ढंगले स्थिर ढंगले सरकार परिवर्तन गरेको होईन, दुई महिना नभई ? अहिले चाहीँ अस्थिरता ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्