Logo

देउवालाई ओलीको प्रस्ताव: शेरबहादुरजी आउनुस् कुरा गरौं, छलफल गरौं



काठमाडौं,३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफल र सहकार्य गर्न प्रस्ताव राखेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधाननमन्त्रीसमेत रहेका ओलीले देउवालाई सहकार्य गर्न आग्रह गरेका हुन् । देउवालाई ओलीले आग्रह गर्दा मुसुमुसु हासिँरहेका देउवाले हुन्छ भन्ने जवाफ दिए ।

‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री। म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो। म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं। कुरा गरौं,’ ।

अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने पनि बताए।

‘आउनुस् कुरा गरौं, छलफल गरौं। समस्याहरू मिलेर समस्या समाधान गरौं। देश समस्याग्रस्त छ। भ्रष्टाचार रोक्नुपर्दछ,’ ओलीले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot