Logo

एमाले-माओवादीको सरकार बनेपछि गालीको कुटिर उद्योग बन्द भयोः विश्वप्रकाश शर्मा



काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले–माओवादीसहितको सरकार बनेपछि गालीको कुटिर उद्योग बन्द भएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा रहेको होच्याउने, अपमानित गर्ने, मानमर्दन गरेर बोल्ने कुटिर बन्द भएको बताएका हुन् ।

‘हाम्रो राजनीतिमा एकदम तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो, गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग चाहीँ बन्द भएको अवस्था छ । लोडसेडिङमा परेको अवस्था छ तत्कालका लागि,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्