Logo

नेताहरुको पट्यारलाग्दो भाषणप्रति सीके राउतको कटाक्ष: बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि!



काठमाडौं,३० फागुन । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेशवरमा बिहान ११ बजेदेखि जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाईएको बैठकमा नेताहरु पट्यारलाग्दो भाषण गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले असन्तुष्टि जनाएका छन् । उनले पट्यार लाग्दो भाषण गनुृभन्दा बरु एलिा चौहानको गीत बजाएको भए हुने भन्दै व्यंग्य गरे ।

उनले भने, ‘मत दिने कि नदिने विषयमा छलफल भयो । सोही क्रममा हामीले सबै दलका कुराहरू पनि सुन्यौँ । त्यो घण्टौँसम्म सुन्दा खेरी लाग्यो कि त्योभन्दा बरु एलिना चौहानको गीत गाइदिँदा छोटो हुन्थ्यो कि जस्तो लाग्थ्यो मलाई । लामो फेहरिस्त दिनै पर्दैनथ्यो ।’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बोलका थिए । शर्माद्धयले आधा घण्टाभन्दा धेरै बोल्दा नेताहरुले पट्यार मानेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot