काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा राखेको विश्वास प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि प्रस्ताव राखेका हुन् ।