काठमाडौं । नेकपा एमालेको कानुन विभागको सदस्यमा युवा नेता सुहाङ नेम्वाङ मनोनीत भएका छन् ।
नेकपा एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधान सभा सदस्य स्व: सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ पेशाले अधिवक्ता हुन् ।
महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।