Logo

रञ्जिताको प्रष्टीकरण: पार्टीको विवादले रेशम चौधरीसँग डिभोर्स हुँदैन



काठमाडौं,३० फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र परिवार अलग-अलग भएको भन्दै पार्टीको विवादले पारिवारिक जीवनका कुनैपनि असर नगर्ने प्रष्ट पारेकी छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर बाहिरिनेक्रममा सो कुरा बताएकी हुन् ।

सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’

नाउपामा पछिल्लो समय रञ्जिता र पूर्व सांसद रेशम चौधरीबीचको विवाद बढ्दो रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागीताको विषयलाई लिएर सुरु भएको विवाद साम्य भएको छैन् । विवाद बढ्दै जाँदा कतिपयले रेशम र रञ्जिताको डिर्भोस हुन लागेको हल्ला फिँजाएका थिए ।



प्रतिक्रिया दिनुहोस्