काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं। ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
थापाले मृत्यु भईसकेका व्यक्तिको नामबाट आव २०७४-७५, आव २०७५-७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आव २०७६-७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१,हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाई बुझिलिई सरकारी रकम हिनामिना गरेको अख्तियारको ठहर रहेको छ ।
अख्तियारले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को खण्ड ग बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।