काठमाडौं,३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पौडेलले आज मधेश प्रदेशका हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले नयाँ प्रदेश प्रमुखको रुपमा मधेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरमाा नाजिर मियाँलाई पठाउने निर्णय गरेको थियो ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुखमा सिफारिस तीनै जना नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् भने पदमुक्त तीनै जना नेपाली कांग्रेसको कोटाबाट निुयुक्त भएका थिए ।