Logo

चार जना स्रष्टालाई पारिजात सम्मान



काठमाडौँ, ३० फागुन । पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा। डा। ध्रूव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको पारिजात स्मृतिकेन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिने छ ।

विसं १९९४ वैशाखमा जन्मिएकी पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उनको निधन २०५० साल वैशाख ५ गते काठमाडौँमा भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्