काठमाडौं,१ चैत । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।
यसै सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन केही उपाएहरु सुझाएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु‘।
मिर्गौंला जोगाउन सबैभन्दा धेरै सचेत आफै हुनुपर्ने उल्लेख गर्दै ओलीले भनेका छन् । ‘हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं! ।