Logo

प्रधानमन्त्रीलाई पुन र सुनको कुराले पहिलो गाँसमै ढुङ्गा लागेको छः रामहरि खतिवडा



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब आफूहरुले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारका राम्रा कामको समर्थन र गलत कामको विरोध गरी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो क्याविनेटमा विवादस्पद मन्त्रीहरु नियुक्त गरेको उनको आरोप छ । प्रचण्डको क्याविनेटका मन्त्रीहरु पुन र सुनको रुपमा चर्चा भएको र सहकारी ठगका नाइकेहरु रहेका उनको आरोप छ । उनले आफूहरुले विवादास्पद मन्त्रीको बारेमा संसद् र सदनमा खरो रुपमा विषय उठाउने उनले बताए ।

‘सुरुमै प्रधानमन्त्रीलाई पहिलो गाँसमै ढुङ्गा भनेजस्तो, पहिलो गाँसमै झिँगा परेजस्तो उहाँलाई भएको छ । उहाँको क्याविनेटका मान्छेहरुका बारेमा सबैलाई थाहा छ ।’ उनले भने, ‘कहिले काहीँ पुन र सुनको कुरा ब्यापक रुपमा चर्चामा आएको छ । यो कुरा के हो ? हामी चाहे संसद्मा होस्, चाहे सदनमा होस् हामी उठाउँछौं । सहकारी ठगहरुलाई नै साँचो दियो भन्ने कुरा आएका छन् । आज पनि सदनमा यो कुरा उठ्छ । विवादस्पद मन्त्रीका बारेमा आवाज उठ्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot