Logo

संसद्मा सांसदको गुनासो: मध्यवर्ती क्षेत्रका जनतालाई लोकतन्त्र आएन



काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले मध्यावर्ती क्षेत्रका नागरिकको समस्यामा राज्य गम्भीर बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले मध्यवर्ती क्षेत्रमा विद्युत, खानेपानी, ढल निर्माण गर्न पाइँदैन र आफ्नै जमित समेत खनजोत गर्न नपाइने भएकाले त्यहाँका जनतालाई लोकतन्त्रको अनुभूति हुन नसकेको बताएका हुन् ।

उनले मध्यवर्ती क्षेत्र मानव र विकासमैत्री कहिल्यै नभएको भन्दै मध्यवर्ती क्षेत्र खारेज गरी वन डिभिजनमार्फत ल्याउन सभामुखमार्फत सरकारसँग माग गरेका छन् । साथै उनले मध्यवर्ती क्षेत्रमा काम गर्ने कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्