Logo

एमाले-माओवादीको सहकार्य एकता तहसम्मै पुग्ने सांसद गैह्रेको दाबी



काठमाडौं,१ चैत । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधि सभाका सदस्य ठाकुरप्रसाद गैह्रेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सत्ता सहकार्य एकतातहसम्म पुग्ने दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता गैह्रेले एमाले र माओवादीले विगतको कमिकमजोरीबाट पाठ सिक्दै नविन ढंगले अगाडि बढ्ने बताए । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो सत्ता गठबन्धन भत्काएर नेकपा एमालेसहितका दलसँग मिलेर नयाँ समीकरण बनाएका थिए ।

एमाले माओवादीबीचको उक्त सत्ता समीकरण अन्तत पार्टी एकताको तहसम्म पुग्ने कतिपयले दाबी गर्दै आएका छ्न । दुवै दलका दोस्रो तहका नेताहरुले विगतको गल्तीलाई सच्याएर वामपन्थी दलहरुबीच एकता र सहकार्य गर्नुपर्ने बताउँदै आएका छन् । सोही सन्दर्भमा गैरेले पनि एकता हुने दाबी गरेका हुन् ।

उनले भने- परिस्थिति बदलिएको छ। एमालेको सोच र योजनामा यो सहकार्य देशको समस्या समाधान गर्नको लागि थप शसक्त हुनेछ । राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ गर्ने, समाजवाद उन्मुख कार्यक्रमहरूलाई लागू गर्ने र राजनीतिक स्थायित्वका साथ हामी अघि बढ्दैछौं । जनताको निराशालाई अन्त्य गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई मजबुद बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै तहसम्म सशक्त, लोकतन्त्रवादी शक्तिहरूबिच सहकार्यको विकास हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्